राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग
काठमाडाैं | पुस १८, २०७९
काठमाडौं: निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्ने तयारी गरेको छ ।
निर्वाचन आयोगका पदाधिकारीहरुले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उपनिर्वाचनको तयारीबारे जानकारी गराएका हुन् ।
आयोग पदाधिकारीहरुको सोमबार नै बस्ने बैठकले मिति तय गर्न सक्ने एक आयुक्तले जानकारी दिए ।
‘राष्ट्रपति र उपराष्ट्रपतिको भोटेर भएकाले तत्काल उपनिर्वाचन गर्न लागिएको हो,’ ती आयुक्त भन्छन्, ‘माघ महिनाभित्रै उपचुनाव गर्ने तयारी छ ।’
नेकपा एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि राष्ट्रिय सभामा एक सदस्य पद रिक्त छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

